मुख्यचाेकका पन्थले घर भत्काउँदा अन्यले भने सुरु नैं गरेनन् !

मुख्यचाेकका पन्थले घर भत्काउँदा अन्यले भने सुरु नैं गरेनन् !

व्यास नगरपालिका वडा नं २ निवासी माधवबहादुर पन्थले संरचना नहटाउँदा दमौली बजार क्षेत्रमा सडक बिस्तार कार्यमा ढिलाई भयो भनेर केही समय अगाडि पन्थको चर्को आलोचना हुने गर्दथ्याे ।

यहाँसम्मकि सडक बिस्तार आयोजनामा प्रमुख बाधक नै पन्थ भएको जस्तो गरिएको थियो । तर पन्थले स्थानीय तह, सडक बिस्तार आयोजना र स्थानीय प्रशासन समक्ष गरेको प्रतिवद्धता अनुरुप संरचना हटाएका छन् । पन्थले संरचना हटाउँदै गर्दा दमौलीका अन्य घरधनीहरुले भने संरचना हटाउन सुरसार गरेका छैनन । संरचना हटाउन सुरसार नगर्नेमा हाईप्रोफाइलका व्यक्ति र सरकारी निकायको जिम्मेवार तहमा बसेका व्यक्तिहरु नै अग्रंपक्तिमा देखिएका छन् ।

जसले गर्दा दमौली बजार क्षेत्रमा सडक बिस्तार आयोजना अझ पछाडि धकेलिने भएको छ । समयमा नै संरचना हटाउने अभियानमा सहयोग पुर्याएका पन्थ आफूले प्रतिवद्धता जाहेर गरे अनुरुप संरचना हटाएको बताउँछन् । हिजो दमौलीको सडक बिस्तार आयोजना मेरै कारणले रोकिएको जस्तो गरिएको थियो तर मैले प्रतिवद्धता अनुरुप संरचना हटाएको छु पन्थले भने ।अब यस बिषयमा सरोकारवाला निकायको ध्यान दिन आग्रह गर्दछु ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम पनि सुरूमा मेनचोकमा रहेको पन्थकाे घरको संरचना नहटाउँदा सडक बिस्तार आयोजना रोकिए जस्तो देखिएको तर पन्थले हटाएपछि पनि संरचना हटाउने विषय अगाडि बढ्न नसकेको बताउँछन् ।यस विषयमा स्थानीय तह र सडक बिस्तार आयोजना प्रशासनले छिट्टै छलफल गर्ने समेत प्रजिअ गौतमले बताए । दमौलीको सडक बिस्तार आयोजना ढिलाई हुँदै गर्दा सर्वसाधारणले समेत चिन्ता व्यक्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page