घरेलुु मदिराको काराेबार अब खुला हुने
सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री–वितरण लगायतको कारोबारलाई खुला गर्ने भएकोे छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को दुवै सदनमा आगामी २०८१/८२ को बजेट पेस गर्दै यस्तो बताएका हुन्।यसका लागि आवश्यक कानुन तर्जुमा गरिने उनले बताए । अहिलेसम्म घरेलु मदिरालाई अवैध भन्दै प्रहरीले नष्ट गर्ने गरेको छ । मन्त्री पुनले घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक काम थाल्ने बताएसँगै व्यवसायीहरू खुसी भएका छन् ।































