अन्तरपालिका भलिबलकाे उद्घाटन खेलमा शुक्लागण्डकी विजयी

अन्तरपालिका भलिबलकाे उद्घाटन खेलमा शुक्लागण्डकी विजयी

तनहुँकाे सदरमुकाम दमाैली स्थित अनसन चौतारी खुल्ला चौरमा सुरु भएको अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताकाे उद्घाटन खेलमा शुक्लनगण्डकी नगरपालिका विजयी भएको छ । जेष्ठ १७ गते देखि १९ गते सम्म हुने प्रतियोगिताकाे उद्घाटन खेलमा ऋषिङ गाउँपालिकालाइ पराजित गर्दै शुक्लागण्डकीले विजयी सुरुवात गरेको हाे ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताकाे बिहीबार एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए ।

जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डे , व्यास ३ का अध्यक्ष अनुप राना , वडा नं २ का सदस्य सुरेश वाग्ले ,नेपाल सिताेरियाे कराते गण्डकी प्रदेश अध्यक्ष मनिराज थापा , महासचिव अशोक गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रूपयां नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारले बताए । यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले ५१ हजार १ सय ११ तथा तेस्रो हुने टिमले २५ हजार १ सय ११ रूपया नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने सुनारले जानकारी दिए ।

प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्पाईकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर बेस्ट कोच, बेस्ट सर्भर लाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगितामा ९ वटा पालिकाका खेलाडीकाे सहभागी ता रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page