सामाजिक बिकास कार्यालयकाे आयाेजनामा बिद्यार्थीहरूलाइ सचेतना कार्यक्रम
सामाजिक बिकास कार्यालय तनहुँले जिल्लाका विभिन्न बिद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।


कार्यालयबाट बिद्यालयका किशोरीहरुलाई आत्मरक्षा तथा मनोसामाजिक सुस्वास्थ्यका सम्बन्धमा सचेतना कार्यक्रम गरिएको सामाजिक बिकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले बताए । जिल्लाकाे आँबुखैरेनी गाउँपालिकामा रहेको रामशाह मावि , मित्रता मावि लगायतका बिद्यालयका बिद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।





























