८ घण्टा लाइनमा बस्दापनी बनेन राष्ट्रिय परिचयपत्र

८ घण्टा लाइनमा बस्दापनी बनेन राष्ट्रिय परिचयपत्र

तनहुँकाे भानु नगरपालिका वडा नं १३ का पुर्णबहादुर खड्का राष्ट्रिय परिचयपत्र बनाउन दमाैली जाने भनेर राति ३ बजे उठे । घरको सामान्य काम धन्दा सकेर ६ बजे खाना खाइ उनी दमाैली आए । ८ बजे जिल्ला प्रशासन कार्यालयकाे गेटमा उनी पुग्दा त्यहाँ अन्य मानिसहरू ५ बजेदेखि लाइन लागेर बसेकाे जानकारी पाए ।


गेट बाहिर चर्को घाममा खाजा पनि नखाई दिनभर लाइन बसेका खड्काकाे ४ बजे सम्म पनि पालाे आएन । त्यसपछि हावाहुरि र पानी आएर भागाभाग भयो खड्का भन्छन् । अब आज दमाैलीमा बसेर भाेलि बिहानै लाइन लाग्न जाने उनलेे बताए ।

खड्का जस्तै अन्य सयौं जेष्ठ नागरिकहरू पछिल्लो केही दिन यता चर्का घाममा लाइन बस्न बाध्य छन् । सरकारले बृद्धभत्ता खान अनिवार्य राष्ट्रिय परिचयपत्रकाे व्यवस्था गरेपछि यतिबेला जेष्ठ नागरिकहरू प्रशासनमा आउन बाध्य छन् ।

यता दिनभरिकाे लाइनले जेष्ठ नागरिकलाई दुख कष्ट भएको गुनासो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम सँग सम्पर्क गर्दा कार्यालयमा दुई जना कर्मचारीले बिहान ७ बजेदेखि काम गरिरहेको बताए । बढी भिडभाड हुन थालेपछि बिहान देखि परिचयपत्रकाे काममा कर्मचारी लागेको भन्दै गाैतमले ठुलो संख्या एकैपटक परिचयपत्रकाे लागि आउँदा बढी भिडभाड भएको बताए ।

यस सम्बन्धमा मन्त्रालयमा जानकारी गराइसकेको र नयाँ थप व्यवस्था गर्न भनेपनि अर्को व्यवस्था हुन नसक्दा याे समस्या हल हुन नसकेको उनलेे बताए । आइतबार सम्ममा केही नयाँ बिकल्प आउने र त्यसले थप सहज बनाउने अपेक्षा लिएको प्रजिअ गाैतमले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page