म्याग्दे ४ का अध्यक्ष श्रेष्ठकाे फेसवुक ह्याक गरी रकम ठगी गर्ने बुढाथोकी पक्राउ

म्याग्दे ४ का अध्यक्ष श्रेष्ठकाे फेसवुक ह्याक गरी रकम ठगी गर्ने बुढाथोकी पक्राउ

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठको सामाजिक सन्जाल फेसबुक ह्याक गरी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका वडा नम्बर १ बस्ने २६ बर्षिय सुमन बुढाथोकी रहेका छन् ।


बुढाथोकीले लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सुर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भनी म्यासेज गरी बिश्वास दिलाई इसेवा मार्फत गत बैशाख १९ गतेदेखी पटक पटक गरी एक लाख रुपैयाँ पठाउन लगाई ठगी गरेका थिए ।

आफु ठगिएको बारेमा पीडित गुरुङले जिल्ला प्रहरी कार्यालयमा दिएको निबेदनको आधारमा उक्त रकम ठगी गर्ने व्यक्ती खोजतलास गर्ने क्रममा अनुसन्धानको क्रममा बुढाथोकी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बुढाथोकीलाई बुधबार ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका–१ बाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा विहिबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page