तनहुँका स्थानीय तहमा सबैभन्दा कम बेरुजु म्याग्दे गाउँपालिकाकाे!

तनहुँका स्थानीय तहमा सबैभन्दा कम बेरुजु म्याग्दे गाउँपालिकाकाे!

तनहुँका स्थानीय तह मध्ये म्याग्दे गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयले गत आइतबार सार्वजानिक गरेको ६१ औं बार्षिक प्रतिबेदनमा आर्थिक वर्ष ०७९।०८० मा तनहुँ जिल्लाभरको कुल २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको छ । कुल १६ अर्व १७ करोड २२ लाख ३२ हजारको लेखा परिक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो ।

तनहुँका १० स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु म्याग्दे गाउँपालिकाको रहेको प्रतिबेदनमा जनाईएको छ । म्याग्देको १ अर्व २५ करोड ४३ लाख ८३ हजारको लेखा परिक्षण गरिएकोमा ६६ लाख ७४ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.५३ प्रतिशत रकम हो ।

म्याग्देकाे सबैभन्दा कम बेरूजु देखिँदा उता देवघाट गाउँपालिकाको भने सबैभन्दा बढि बेरुजु देखिएको छ ।
देवघाट गाउँपालिकाको १ अर्व ७ करोड ९२ लाख ९० हजारको लेखा परिक्षण गरिएकोमा ५ करोड ३६ लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । जुन कुल रकमको ४.९७ प्रतिशत हो ।

यसैगरि व्यास नगरपालिकाको ३ अर्व १२ करोड ८ लाख ४४ हजारको लेखा परिक्षण गरिएकोमा ५ करोड ६५ लाख ८७ हजार बेरुजु देखिएको छ ।
त्यस्तै भानु नगरपालिकाको २ अर्व १७ करोड ७० लाख २४ हजारको लेखापरिक्षण गरिएकोमा १ करोड २७ लाख ५४ हजार बेरुजु देखिएको छ । त्यसैगरि भिमाद नगरपालिकाको १ अर्व ५२ करोड ९३ लाख ३९ हजारको लेखा परिक्षण गरिएकोमा १ करोड १९ लाख ४८ हजार बेरुजु देखिएको छ । त्यसैगरि शुक्लागन्डकी नगरपालिकाको २ अर्व ३५ करोड ५५ लाख ९ हजारको लेखा परिक्षण गरिएकोमा ४ करोड ३८ लाख ७० हजार बेरुजु देखिएको छ ।

त्यस्तै आबुँखैरेनी गाउँपालिकाको १ अर्व २१ करोड ९ लाख ६६ हजारको लेखा परिक्षण गरिएकोमा ८५ लाख ४६ हजार , ऋषिङ गाउँपालिकाको १ अर्व ३७ करोड ४५ लाख ५० हजारको परिक्षण गरिएकोमा २ करोड ७७ लाख ११ हजार बेरुजु देखिएको छ ।

त्यस्तै बन्दिपुर गाउँपालिकाको १ अर्व ८ करोड ८८ लाख ९० बजारको लेखा परिक्षण गरिएकोमा २ करोड ३४ लाख बेरुजु देखिएको छ । घिरिङ गाउँपालिकाको ९८ करोड १४ लाख ३७ हजारको लेखा परिक्षण गरिएकोमा २ करोड ७७ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page