दमाैलीकि करुना राउत मिस नेपालमा छनाैट
तनहुँकाे व्यास नगरपालिका वडा नं ४ दमाैलीकि करूना राउत मिस नेपालकाे प्रतिस्पर्धामा छनाैट भएकि छन् ।
मोडलिङबाट करिअर बढाएकी करुना मिस नेपाल २०२४ को टप ‘‘२६” मा विभिन्न चरण पार गर्दै छनोट भएकी हुन् । छनाैट भएकी करूनाकाे प्रतियोगी नम्बर ‘८’ हो ।


दमौली स्थित कन्काई सेकेण्डरी स्कुलबाट अध्ययन सुरु गरेकी करुना मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । करूनाले आफु १५ वर्षको उमेरदेखि माेडलिङमा लागेको भन्दै मिस नेपालको सपना साँचेर अस्ट्रेलियाबाट नेपाल फर्किएकाे बताइन् । मोडलिङबाट करिअर बढाएकी उनि नेपथ्यदेखि होली मेला, आफ्नै अनलाईनमा कार्यक्रम चलाएर अर्थात होस्टिङ गरेर कुशल संचालिका भई लोकप्रियता कमाइसकेकी छिन् ।


अष्ट्रेलियामा पनि अध्ययनसँगै उनले आफ्नो मोडलिङ क्षेत्रलाई निरन्तरता दिंदै आएकी छिन् । अष्ट्रेलियास्थित वेस्टन सिड्नी युनिभर्सिटीमा ब्याचलर्स अफ नर्सिङको अध्ययन सकाएपछि विगत ३ वर्षदेखि आफु नर्सिङ पेशामा रहेको करूनाले बताइन् ।
रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनो तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा समेत छनोट भएकी थिइन् । अस्ट्रेलिया सँगै उनलेे थाइल्यान्डमा समेत भाेलेन्टियरकाे काम गरेको बताइन् ।

मिस नेपालमा छनाेट भए पछि करूनाका बुवा अमृत रावतले मेरो छाेरि छनाेट भएको भए पनि याे समग्र तनहुँकाे ईज्जत् भएको बताए । २६ जना प्रतियाेगिहरू बिच मिस पपुलर च्वाइस बिधा मार्फत सिधै १२ भित्र पर्न सक्ने भएकोले सम्पुर्ण साथी भाइ , इस्टमित्र एवम् सिङ्गो तनहुँ वासिलाइ सहयोग गरिदिनुहुन करूनाका बुवा रावतले अनुरोध गरेका छन् ।


























