म्याग्दे , व्यास ,भानु र आँबु मा साेमबार सार्वजनिक बिदा
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँकाे म्याग्दे गाउँपालिका , व्यास नगरपालिका , भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।


भाेलि साेमबार म्याग्दे , व्यास , भानु र आँबुले सम्पूर्ण कार्यालय, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था ( अत्यावश्यक सेवा वाहेक), वित्तीय संस्थाहरुहरुमा स्थानीय विदा दिने निर्णय भएको जनाएका छन् ।


उक्त दिन सम्पूर्ण समुदायमा जातीय सहिष्णुता र सद्भाव सम्बन्धी कार्यक्रम सञ्चालन गरी सामाजिक सद्भाव र एकताको सन्देश दिन पालिकाले अपिल गरेको छ ।



























