ट्याङ्करले माेटरसाइकललाइ ठक्कर दिँदा कैनिकाे मृत्यु
तनहुँको व्यास-१ अम्रेनीमा ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनि सि सि सि सि को पानी हाल्ने ट्यान्करले ठक्कर दिदा माेटरसाइकल चालकको मृत्युु भएको छ ।


दुर्घटनामा गम्भीर घाइते भएका व्यास १२ घर भइ व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय ईन्जिनियर प्रवीन कैनिकाे दमाैली अस्पतालमा मृत्युु भएको बताइएको छ । ट्याङ्करले ब्याक गरेर हाे या कसरी दुर्घटना भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


फाेटाे सामाजिक सञ्जाल बाट



























