व्यासका इन्जिनियर कैनी मृत्यु प्रकरण – डुम्रे दमाैली खण्ड अवरुद्ध

व्यासका इन्जिनियर कैनी मृत्यु प्रकरण – डुम्रे दमाैली खण्ड अवरुद्ध

तनहुँको व्यास नगरपालिका-१ अग्रेनीमा सोमबार दिउँसो ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित पक्षले सडक अवरुद्ध गरेका छन् ।

मुग्लिन पोखरा सडक आयोजनाको पानी हाल्ने ट्याङ्करको ठक्करबाट व्यास-१२ घर भइ व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय इन्जिनियर प्रविण कैनीको मृत्यु भएपछि पीडित पक्षले दमौली-घाँसीकुवा खण्ड अवरुद्ध गरेका हुन् । पीडित पक्षले टायर बाल्नुका साथै नाराबाजी गरिरहेका छन् ।

ट्याङ्कर चालकले जानी जानी व्याक गरी मोटरसाइकल किचेको र प्रहरीले घटना लुकाएको पीडित पक्षको आरोप छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page