व्यास २ का महिलालाई तनाव व्यवस्थापन तालिम

व्यास नगरपालिका वडा नं २ का महिलाहरू लाई तनाव व्यवस्थापन तालिम प्रदान गरिएको छ । वडाको यसै आर्थिक बर्ष २०८०/८१ को महिला तालिमका शिर्षक अन्तर्गत महिला समन्वय समिति व्यास २ को सकृयतामा “समुदाय स्तरमा महिलाहरुका लागि तनाब ब्यबस्थाप तालिम” सन्चालन गरिएकाे वडा सदस्य सुरेश वाग्लेले बताए । तालिमको वडा अध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गरेका थिए । महिला वडा समन्वय समितिकि सभापति इन्दिरा पण्डितकाे सभापतित्वमा भएको उक्त तालिममा वडा भित्रका १७ वटा टाेलका महिलाहरूकाे सहभागीता रहेको वाग्लेले जानकारी दिए । प्रशिक्षक सहितको टिमले दिएको तालिमले महिलाहरू लाई घर परिवार, बिध्यालय, अस्पताल, समुदाय लगायत पर्न गएकाे असुबिधालाई तनाब मुक्त गर्नका लागि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा वडाका सबै जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page