म्याग्देका भु पु सैनिककाे पुनर्मिलन एवं रमाइलो वनभाेज कार्यक्रम

तनहुँकाे म्याग्देका भु पु सैनिक कल्याणकारी संस्थाकाे पुनर्मिलन एवं रमाइलो वनभाेज कार्यक्रम सनिवार सम्पन्न भएको छ । वनभाेज कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि सुवेदार शिव बहादुर रानाभाटले उद्घाटन गर्दै भु पु हरू एकजुट हुनुपर्ने बताए । यमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे २ का अध्यक्ष शिव बहादुर रानाभाट , भु पु सैनिकका केन्द्रीय सदस्य रामबहादुर अधिकारी , सुवेदार विष्णुवहादुर थापा , रामबहादुर थापा लगायतले बाेलेका थिए । कार्यक्रममा सहभागी बक्ताहरूले अन्यायमा परेका तथा नाम नमिलेर पेन्सन पाउन समस्या भएका भु पु हरू लाई संस्थाले साथ र सहयोग गर्ने कुरामा जाेड दिएका थिए । यस्तै स्वास्थ्य क्षेत्रमा धेरै सुविधा हरू रहेको र त्यसको लागि आवस्यक कार्ड बनाउन सहभागीहरूलाइ सुझाएकाे केन्द्रीय सदस्य रामबहादुर अधिकारीले जानकारी दिए । उक्त अवसरमा साँस्कृतिक कार्यक्रममा भु पु हरू नाचेर रमाइलो गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page