इन्जिनियर कैनीलाइ मार्ने नियतले दुर्घटना – इन्जिनियर्स एशाेसिएसन

इन्जिनियर कैनीलाइ मार्ने नियतले दुर्घटना – इन्जिनियर्स एशाेसिएसन

नेपाल इन्जिनियर्स एशाेसिएसनले जेठ २१ गते तनहुँको व्यास १ मुसेखोलास्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएका इ. प्रविण कैनीलाई मार्ने नियतले घटना घटाएको दावी गरेको छ ।


एशाेसिएसनका महासचिव इ. रवि भूषण झा र अध्यक्ष इ .डाक्टर हरिबहादुर दर्लामी द्वारा हस्ताक्षरित एक संयुक्त वक्तव्यमा दुर्घटना गम्भीर भएकोले यसलाई सवारी दुर्घटना मान्न नसकिने बताएको छ ।


प्रेस विज्ञप्ति
जेठ २१ गते दिउँसो तनहुँकाे व्यास १ मुसेखाेला स्थित पृथ्वीराजमार्गमा पानी हालेर दमौली तर्फ जादै गरेको बा.पु. ०१-००१ अ.य. ००३९ नम्बरको पानी बोक्ने ट्याङकरले सोही दिशामा गइरहेको ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक व्यास न.पा. वडा नं. १२ तनहु वस्ने यस एशोसिएसनका सदस्य इ. प्रविण कैनीको घटनास्थलमै दुःखद निधन भएको खवरले हामी मर्माहत भएका छौ ।

घटनास्थलको सि.सी. टिभी फुटेज हेर्दा पानी ट्याङकर चालकले लापरवाहीपूर्वक पछाडीको अवस्था नहेरी करिव ३ मिटर भन्दा बढि दुरी रहदा रहदै एक्कासी Back गर्ने क्रममा पछि पछि विस्तारै आइरहेको मोटरसाइकल चालकलाई ठक्कर विइ घिसार्दै लगेको दृश्य देखिन्छ । यो घटनाले सवारी चालकले मोटरसाइकलमा सवार व्यक्तिलाई मार्ने नियतवाट प्रेरित भएको देखिंदा उक्त अवस्थालाई सवारी दुर्घटना मात्र मान्न सकिदैन । तसर्थ घटनास्थलको अवस्था बुभवा ट्याङकर चालक सम्पूर्ण रूपमा दोषि देखिएकोले निजलाई नेपालको प्रचलित कानून बमोजिम हदैसम्मको कारवाहीको दायरामा ल्याउन नेपाल इन्जिनियर्स एशोसिएसन स्थानीय प्रशासन तथा नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

उक्त वुर्घटनामा मृत्यू भएका इन्जिनियर प्रविण कैनीको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

इ. रवि भुषण झा महासचिव

अध्यक्ष इ. डा. हरि बहादुर दर्लामी

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page