अम्रेनी सडक दुर्घटना – दाेसिलाइ कडा कारबाहीको माग गर्दै नाराबाजी र धर्ना

अम्रेनी सडक दुर्घटना – दाेसिलाइ कडा कारबाहीको माग गर्दै नाराबाजी र धर्ना
oppo_1026
oppo_1026

तनहुँको व्यास नगरपालिका-१ अग्रेनीमा सोमबार दिउँसो ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि भएको सहमति कार्यान्वयन नभएको भन्दै पिडीत पक्षले जिल्ला प्रशासन अगाडि नाराबाजी सहित धर्ना दिएकाे छ ।


ज्यान मार्न पाइँदैन , प्रहरी प्रशासन मुर्दाबाद , प्रमाण मेट्न पाइदैन , कानुनी राज्य कायम गर लगायतका नारा लगाइ उनिहरूले धर्ना दिएका छन् ।


जिल्ला प्रशासन कार्यालयमा साेमबार राति पिडीत पक्ष , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख , याेजनाका ठेकेदार लगायतको बार्तामा ४ बुँदे सहमति भए सँगै राजमार्ग खुलाउने सहमति भएको भए पनि बाटो खुलाउने बाहेकका बुँदा कार्यान्वयन नभएको भन्दै दबाब दिन उनिहरूले धर्ना दिएका हुन् ।

गएराति भएको सहमति अनुसार मंगलबार बिहान १० बजे चाइनिज काे प्राेजेट मेनेजर संग बार्तामा बस्ने , ट्याङ्कर चालकलाई हदै सम्मको कारवाहि गर्ने ,घटना स्थलमा पुर्न लगाउने र पुर्ने लाई तत्कालै पक्राउ गरेर कारबाही गर्ने ,पिडित परिवारलाई अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र अवरुद्ध राजमार्ग तत्कालै खुलाउने लगायतको सहमति भएको थियो ।

मुग्लिन पोखरा सडक आयोजनाको पानी हाल्ने ट्याङ्करको ठक्करबाट व्यास-१२ घर भइ व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय इन्जिनियर प्रविण कैनीको मृत्यु भएपछि पीडित पक्षले दमौली-घाँसीकुवा सडक खण्ड अवरुद्ध गरेका थिए । पीडित पक्षले टायर बाल्नुका साथै नाराबाजी गरेका थिए ।

ट्याङ्कर चालकले जानी जानी व्याक गरी मोटरसाइकल किचेको र प्रहरीले घटना लुकाएको पीडित पक्षको आरोप थियो , राति सहमति भए सँगै ६ घण्टा पछि बाटो खुलेको थियो । धर्नामा व्यास नगरपालिकाका प्राय सबै कर्मचारी , स्थानीय र आफन्तहरूकाे उल्लेख्य उपस्थिति रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page