छोटो समयमा मुवा थाईमा अब्बल बनेका कायस्थ

छोटो समयमा मुवा थाईमा अब्बल बनेका कायस्थ

तनहुँकाे म्याग्देका संगम कायस्थ आफूलाई इच्छा लागेको सितोरियो कराँते सुरु गर्दा लक्का जवान थिए । उनले त्यो बखत खेलकुद राम्रो सँग बुझेका थिएनन् । तर काँराते सिक्ने हुटहुटी थियो , मनमा गी र बेल्ट बाँधेर फाइट गर्ने सपना कायस्थले देखेका थिए ।

यही मोहले गर्दा स्कुले जीवनमा कराँते खेल्ने इच्छा त थियो तर विभिन्न कारणवश त्यस समय काँरातेका क्लासहरु उनले पार गर्न नसकेपनि मनै बाट खेलप्रतिको मोह भने हटाउन सकेनन् ।


वि.सं. २०७८ सालमा नेपाल नेशनल मुवाथाई एशोसियसनका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष दिपक गोदारसँग भेट भयो र खेलकुद प्रति मोहकै कारण उनले मुवा थाईको क्लासमा जाने निर्णय गरे । उनको खेलकुदप्रतिको लगाव, निरन्तरको साधनाले उनले छोटो समयमै आफूलाई प्रभावशाली खेलाडीका रूपमा स्थापित गराउन सफल भएको उनका गुरु विजय गुरुङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page