इ.कैनी मृत्यु प्रकरण – २५ लाखमा सहमति!
ईन्जिनियर प्रबिण कैनी मृत्यु प्रकरणमा: पिडित परिवार र चाईनिज कम्पनी सिसिसिसि पक्ष बिचकाे बार्तामा सहमति भएको छ । जसअनुसार मृतकको परिवारलाई २५ लाख र एक जनालाई रोजगार दिने सहमति भएको वार्ता टाेलिमा सहभागी सुर्यचन्द्र हड्खलेले बताए ।


जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको पिडित पक्ष र चाइनिज पक्षबिच को वार्तामा उक्त सहमती भएको हाे। पिडित परिवारलाई चाइनिज कम्पनीले ईन्सुरेन्स सहित ३० लाख दिने र घरको एक जना आयोजनामा रोजगार दिने सहमती भएको छ।अब सहमती संगै शवकाे पोष्टमार्टम गरि परिवारले शव बुझ्ने र घटनाको छानबिन गरी चालकलाई हदैसम्मको कारबाही हुने गरि मुद्वा दायर गर्ने सहमती भएको छ।


यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम सँग बुझ्दा दुई पक्षबीच बार्ता सकारात्मक तरिकाले अगाडि बढेको र सहमतिकाे हस्ताक्षर हुन बाँकी रहेकोले आधिकारिक यतिमै मिल्यो भन्ने ऐकिन नभइसकेको बताए ।

व्यास-१ अम्रेनीमा गत सोमबार मोटरसाइकललाई पृथ्वी राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनि सि सि सि सि को पानी हाल्ने ट्यान्करले ब्याक गर्ने क्रममा ठक्कर दिदा व्यास नगरपालिकामा कार्यरत ईन्जिनियर प्रबिण कैनीको निधन भएको थियो ।


























