बन्दीपुर गाउँपालिकाले गर्याे राहत वितरण
तनहुँकाे बन्दीपुर गाउँपालिकाले हावाहुरीले क्षति पुर्याएकाे ठाउँमा राहत वितरण गरेको छ ।


गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा , उपाध्यक्ष पञ्चमाया गुरुङ , प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य लगायत वडाध्यक्ष तथा जनप्रतिनिधि सहितको टिमले गाउँपालिकाको विभिन्न वडाहरूमा पुगेर हावाहुरीले क्षति पुर्याएको ठाउँमा राहत वितरण गरेको हाे ।


अध्यक्ष थापाको टिमले क्षतिको स्थलगत अनुगमन सहित विवरणहरू सङ्कलन गरी तत्काल राहत दिनुपर्ने ठाउँमा आवश्यक विभिन्न राहत सामग्रीहरू प्रदान गरेकाे र बाँकी रहेको स्थानहरूमा अनुगमन गरी पालिकाको तर्फबाट उचित सम्बोधन गरिने गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले हावाहुरी सहित वर्षा हुने क्रम जारी रहेको हुँदा गाउँपालिकाका सम्पूर्ण नागरिकहरूलाई उचित ठाउँमा सुरक्षीत साथ रहन समेत आग्रह गरेकाे छ ।



























