व्यास ९ का महिलालाई क्रिष्टल माला, पोते, औंठी तथा टप निर्माण सम्बन्धि ५ दिने तालिम

व्यास ९ का महिलालाई क्रिष्टल माला, पोते, औंठी तथा टप निर्माण सम्बन्धि ५ दिने तालिम

व्यास ९ का महिलाहरूलाई क्रिष्टल माला, पोते, औंठी तथा टप निर्माण सम्बन्धि ५ दिन दिने तालिमकाे उद्घाटन गरिएको छ । महिला उद्यमी संघ नेपाल, तनहुँकाे आयाेजनामा जेष्ठ २४ देखि २८ गते सम्म गजौंडे आमा समूहकाे भवन व्यास-९ मा हुने उक्त तालिमकाे उद्घाटन भएको हाे ।


तालिमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ९ का अध्यक्ष सुरेश थापाले सिकेको सीप व्यवहारमा उतार्नुपर्ने बताए । सिकेका कुराहरू अब यत्तिकै दराजमा थन्क्याएर राख्ने नभइ आत्मनिर्भर बन्ने तर्फ साेचेर अगाडि बढ्नुपर्ने अध्यक्ष थापाको भनाइ थियो । महिलाहरूकाे जिवनस्तर माथि उकास्न बिगतका दिनमा पनि वडाले विभिन्न सीप मुलक कार्यक्रमहरू गर्दै आएकाे र याे पनि त्यसैको निरन्तरता भएको उनले बताए ।

महिला उद्यमी संघ नेपाल, तनहुँकि अध्यक्ष निर्मला मल्लकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सचिव सन्तोष गाेदार , वडा सदस्यहरू सन्तोष जिसी , उमा आचार्य ,रामप्यारी आले , रमा जिसी , सम्झना घर्ती , महालक्ष्मी कार्की , सरस्वती श्रेष्ठ सरू , आशा बानिया , मन्जु थापा , बेलु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तुलसी शाह प्रशिक्षक रहेको उक्त तालिममा ४३ जना प्रशिक्षार्थीकाे सहभागीता रहेको र व्यास ९ काे आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हाे ।
थोरै लगानीमा फुर्सदको समयमा गर्न सकिने , बजार मा सधै चल्ने कृस्टल माला, पाेते लगायतकाे सीप सिक्न पाउँदा तालिममा सहभागी महिलाहरू खुसी भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page