प्रथम म्याग्दे महाेत्सवकाे पुर्व मन्त्री आलेले गरे उद्घाटन

तनहुँकाे म्याग्दे गाउँपालिका–४ स्थित थर्पुबजारमा सुक्रवारबाट सुरु भएको प्रथम म्याग्दे महोत्सव २०८१ काे पुर्व मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले उद्घाटन गरेका छन्।


थर्पु युवा क्लवको आयोजनामा जेठ २५ गतेदेखि असार २ गतेसम्म हुने महाेत्सवकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि आलेले स्राेत र साधनको अभावका बाबजुद पनि महाेत्सवकाे आयाेजना गरेर थर्पु युवा क्लवले इतिहास राख्ने काम गरेको बताए । आजकाे दिनमा महाेत्सवकाे महत्त्व नदेखिएला तर भाेलिका दिनमा याे महाेत्सवले इतिहास राख्ने छ उनले भने ।प्रदेश सभा सदस्य आलेले यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउन, समग्र म्याग्देको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्न महाेत्सवले सघाउ पुर्याउने बताए ।




पुर्व मन्त्री आलेले छाेटाे समय मन्त्री हुँदा इमानदारीपूर्वक काम गरेको स्मरण गरे । मीन माविको पछाडिको खाेलामा पक्की पुलकाे टेण्डर , हर्कपुर जाने बाटो , भिमाद जाने बाटो , खानेपानी , सिंचाइ , कुलाेहरू निर्माणमा बजेटले भ्याएसम्म आफुले पार्ने काम गरेको र अहिले काम हुँदै गरेको उनलेे बताए ।


संघले बजेट ल्याएको धेरै दिन हुँदा पनि राताे किताब ननिस्कँदा प्रदेशको बजेट ल्याउनमा अलमल भएको भन्दै आलेले संघ प्रदेश र स्थानीय तहमा नबाझिने गरि बजेट बाँडफाँड गर्नुपर्ने बताए ।

कार्यक्रममा महाेत्सव मुल समारोह समितिका संयाेजक गाैरबराज रानाले समग्र म्याग्देलाइ चिनाउन र यहाँको उत्पादन लाई बजारिकरण गर्न महाेत्सव आयाेजना गरिएकाे बताए ।

बिगतदेखि ठुलो व्यापारिक क्षेत्र तथा कला संस्कृतिको हिसाबले पनि प्रसिद्ध थर्पु बजारमा पछिल्लो समय सुस्ताएको महसुस गरि यस भेगमा पुनः व्यापारिक तथा सांस्कृतिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएको रानाको भनाइ थियो ।

म्याग्दे क्षेत्रको व्यापार चलायमान बनाउन, स्थानीय कृषि उत्पादन लगायतका सम्पूर्ण व्यापार व्यवस्थापन गर्न, थर्पु बजारलाई म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रूपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्न, राष्ट्रिय कलाकार तथा खेलाडीलाई स्थानीयसँग सात्क्षात्कार गराउन, समाजमा रहेका दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्न तथा क्लबको नेतृत्वमा बन्न लागेको खेल मैदानलाई अगाडि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको रानाले बताए ।

साथै प्राकृतिक सम्पदा संरक्षण एवम् प्रवर्द्धन ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण तथा होमस्टे प्रवद्र्धनमा पनि महोत्सवले सहयोग पु¥याउने उनलेे बताए ।

“कला र संस्कृतिको संरक्षण आर्थिक सामाजिक कृषि,पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित महोत्सवमा एक सय स्टल रहने छन् । कुल स्टल मध्ये १० वटा स्टल कृषि, हस्तकला लगायतका स्थानीय उत्पादनका लागि निशुल्क प्रदान गरिएकाे महोत्सव आयोजक मुल समारोह समितिका संयोजक गौरवराज रानाले जानकारी दिए ।

थर्पु युवा क्लवका अध्यक्ष नवराज हमालकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , गाउँपालिकाका पुर्व अध्यक्ष मायादेवी राना , म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , नेपाली काङ्ग्रेसका सभापति रामभक्त घिमिरे , नेकपा माअाेवादि केन्द्रका बालकृष्ण श्रेष्ठ , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मनाेज अधिकारी , तनहुँ उद्योग बाणिज्य संघका काेशाध्यक्ष भिमलाल श्रेष्ठ , थर्पु बजार इकाईका सभापति सुन्दर मणि अधिकारी , मीन माविका प्रअ राजेन्द्र भण्डारी , बद्रीका भट्टराई , नरमाया आले , नरसिंह राना , सञ्जय मल्ल लगायतले महाेत्सव सफलताको शुभकामना दिएका थिए ।।
महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता र म्याग्दे स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता हुने संयाेजक रानाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवबाट भएको मुनाफा म्याग्दे क्षेत्रका शिक्षा, स्वास्थ तथा कृषिमा सहयोग गर्ने योजना रहेको क्लवले जानकारी दिएको छ । महोत्सवमा प्रवेशका लागि बच्चालाई रु.५० र अन्यलाई ८० रुपैयाँको टिकट लाग्ने छ । महोत्सव अवधिभर ५० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
महाेत्सवकाे उद्घाटनकाे पुर्व सन्ध्यामा थर्पु बजारमा झाँकि सहितको र्यालि निस्केको थियो ।
























