रिविल्ड नेपाल फाउन्डेसन द्वारा खेलकुद सामाग्री सहयोग

रिविल्ड नेपाल एजुकेशन फाउण्डेसनले बास्केटबल खेलाडीहरूलाइ खेलकुद सामाग्री सहयोग गरेको छ ।


फाउण्डेसनले सनिवार व्यास नगरपालिकाको वडा नं ३ मा रहेको बास्केटबल काेर्टमा आइ जर्सी , बल , काेन लगायतका सामाग्री सहयोग गर्नुका साथै खेलाडीहरूलाइ प्रशिक्षण समेत दिएको तनहुँ बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठ ( जेके ) ले बताए ।


उक्त अवसरमा फाउण्डेशनका तर्फबाट इरनेष्ट स्किलरले प्रशिक्षक जेके सहित हैरान्स क्लवका अशोक गिरी , बिनाेद थापा , उज्ज्वल भट्टराई , जीवन ठकुरी लगायत सहभागी खेलाडीहरूलाइ उक्त सामाग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा रिविल्ड नेपाल एजुकेशन फाउण्डेशनका तनहुँका प्रतिनिधिहरु सरोज बस्नेत र दिपेन्द्र सापकोटा लगायतको समेत सहभागिता रहेको थियो ।फाउण्डेशनले यस अगाडि पनि व्यास नगरपालिका भित्रका विद्यालयहरुमा विपन्न तथा गरीब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गर्दै आईरहेको थियो । खेलकुद सामाग्री सहित प्रशिक्षण पाउँदा खेलाडीहरू खुसि भएका थिए । उक्त कार्यक्रमकाे समन्वय हैरान्स क्लवले गरेको थियो ।



























