म्याग्दे दमाैली समाज द्वारा पञ्चमन्दिर क्षेत्रमा सरसफाइ

म्याग्दे दमाैली समाजको आयाेजनामा सनिवार पञ्चमन्दिर क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ । ऐतिहासिक , धार्मिक महत्त्व बाेकेकाे पन्चमन्दीर क्षेत्रलाई सफा र राम्रो बनाउने उद्धेश्यले कार्यक्रम आयाेजना गरिएको म्याग्दे दमाैली समाजका अध्यक्ष भाग्यशाली ढुंगानाले बताए ।


कार्यक्रममा पन्चमन्दिर क्षेत्रमा रहेको सार्वजनिक साैचालय सरसफाइ देखि मन्दिर वरिपरिका झाडी फाँड्ने , झार उखेलेर फाल्ने , यत्रतत्र फालिएका फाेहाेरमैला संकलन गर्ने गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
सरसफाइ कार्यक्रममा व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप रानाले धार्मिक पर्यटकहरू आउने यस ठाउँमा हरेक दिन सफा हुनुपर्ने बताए । म्याग्दे समाजले आयाेजना गरेको सरसफाइ कार्यक्रमलाई धन्यवाद दिँदै रानाले मानिसको साेच परिवर्तन नभएसम्म फाेहाेरमैला भइरहने बताए ।


कार्यक्रममा व्यास क्षेत्र शिव पञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष प्रेमप्रकाश भट्टराईले अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएर पनि यस क्षेत्र आकर्षक हुन नसकेको बताए ।सरसफाइ कार्यक्रममा व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठ , दमाैली खानेपानीका अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायत जनप्रतिनिधिहरू , भूपू सैनिक क्लव , सुरक्षाकर्मी , छङ्गेलि नेवा खल , टाेलबिकास संस्था , आमा समुह , बिद्यार्थी , खेलाडी सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो ।







































