म्याग्देका ५ युवाले सञ्चालनमा ल्याए पल्पसा क्याफे

म्याग्देका ५ युवाले सञ्चालनमा ल्याए पल्पसा क्याफे

म्याग्देका ५ भाइ युवाले पल्पसा क्याफे सञ्चालनमा ल्याएका छन् । म्याग्दे गाउँपालिका वडा नं २ स्थित जामुने नजिकैको साठीमुरे कल्भटकाे आडमा उक्त क्याफे सञ्चालनमा आएकाे हाे । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने कफी लगायतका खाजा खाना खाने यात्रुहरू लाई लक्षित गरि उक्त क्याफे सञ्चालनमा आएकाे हाे ।

स्थानीय बिकास नेपाली सहित ५ जना युवाहरूले करिब ६० लाख लगानीमा सञ्चालनमा ल्याएको क्याफेले फरक स्वाद दिने र ग्राहकहरूकाे मन जित्ने बिश्वास लिइएको छ । पछिल्लो समय युवाहरू बिदेश पलायन भइरहेको बेलामा म्याग्देका ५ भाइले भने आफ्नैँ ठाउँमा केही गराैँ भनेर संयुक्त लगानीमा व्यवसाय सुरु गरेका छन् । खासगरी पाेखरा तर्फकाे यात्रा गर्ने यात्रुहरूको पल्पसा क्याफे राम्रो गन्तब्य बन्न सक्ने ठानिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page