पुस २५ देखि माघ ७ गतेसम्म तनहुँ महाेत्सव हुने

पुस २५ देखि माघ ७ गतेसम्म तनहुँ महाेत्सव हुने


तनहुँ उद्योग बाणिज्य संघकाे आयाेजनामा
२०८१ साल पुस २५ देखि माघ ७ गतेसम्म नवाैं तनहुँ महाेत्सव हुने भएको छ ।

तनहुँ उद्योग बाणिज्य संघको कार्यसमितिको चाैंथाे बैठकले उक्त समयमा दमाैलीमा महाेत्सव गर्ने निर्णय गरेको हाे । संघका अध्यक्ष बैकुण्ठ मिश्रकाे अध्यक्षतामा धार्मिक पर्यटकीय क्षेत्र छिम्केश्वरिमा बसेकाे बैठकले महाेत्सव सफल बनाउन अध्यक्ष मिश्रलाइ मुल समारोह समितिकाे संयाेजक र निवर्तमान अध्यक्ष पविन्द्र कुमार श्रेष्ठलाई निर्देशकमा चयन गरेको छ ।


पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तनहुँ उद्योग बाणिज्य संघ आवुखैरेनि बजार इकाईकाे आतिथ्यतामा छिम्केस्वरीमा बैठक बसेकाे संघका महासचिव सुबोध अधिकारीले बताए । महासचिव अधिकारीका अनुसार अब हुने नवाैं तनहुँ महाेत्सव पुरानो शैलीको महाेत्सव भन्दा फरक र आधुनिक शैलीको हुनेछ । हामीले पुरानो शैलीलाई परिमार्जन गरि महाेत्सवलाइ परिस्कृत गर्ने छाैं महासचिव अधिकारीले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page