एमाले व्यास नगरको अध्यक्षमा पाण्डे
नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार १०८ मत प्राप्त गरी पाण्डे अध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी ललित पाण्डेले ५५ मत प्राप्त गरेका छन् ।


एक सय ९९ मतदातामध्ये निर्वाचनमा १६७ मत खसेको थियो । यस्तै उपाध्यक्षमा चिजबहादुर गुरुङ , सचिवमा रामचन्द्र अधिकारी र उपसचिवमा सुदीप पौडेल तथा उपसचिव महिलामा जौमाया रायमाझी निर्वाचित भएका छन् । पदाधिकारी बाहेकका पद भने सर्वसम्मत भएको थियो ।





























