गण्डकी प्रदेश स्तरीय फुटबलमा तनहुँ सेमिफाइनलमा प्रवेश

गण्डकी प्रदेश स्तरीय फुटबलमा तनहुँ सेमिफाइनलमा प्रवेश

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमीफाइनल समिकरण पूरा भएको हो ।

खेलको दोस्रो दिन शनिबार पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङ्जा, दोस्रो क्वाटरफाइनलमा कास्कीले नवलपुरलाई हराएको छ । यस्तै तेस्रो क्वाटरफाइनलमा बागलुङले पर्वत र चौथो क्वाटरफाइनलमा तनहुँले लमजुङलाई हराएको हो ।

आइतबार सेमिफाइनलका खेल हुने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । सेमीफाइनलअन्तर्गत म्याग्दीले कास्की र बागलुङले तनहुँको सामना गर्नेछ ।

प्रतियोगिता विजेता टिमले नगद दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कारका साथै ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page