बन्दिपुरका महिलालाई धुप बनाउने तालिम
तनहुँकाे बन्दिपुर गाउँपालिकाको आयोजनामा महिलाहरूलाइ बाटेकाे धुप र सिन्के धुप बनाउने तालिम प्रदान गरिएकाे छ । “गाउँपालिका भित्रका एकल महिलाहरुका लागि ५ दिने धूप बनाउने तालिममा महिलाहरूकाे उत्साहजनक सहभागीता रहेको थियो । उक्त तालिममा सहभागीहरूलाई गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पन्चमाया गुरुङले प्रमाणपत्र बितरण गरेका थिए ।






























