भानुमा भएको आँखा शिविरमा ५५६ काे उपचार तथा ४१ जनाकाे अप्रेसन

भानुमा भएको आँखा शिविरमा ५५६ काे उपचार तथा ४१ जनाकाे अप्रेसन


भानु २ नारेश्वरटारमा नेपाल नेत्रज्योति संघ ,भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिकाको संयुक्त सहकार्यमा भानु नगरपालिका मै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएको छ । उपचार केन्द्रकाे गत बिहीबार एक कार्यक्रमका बिच भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले उद्घाटन गरेका थिए ।


उद्वघाटन कार्यक्रमको पहिलो दिनमा निशुल्क आँखा शिविरको सञ्चालन गरीएकोमा ५५६ जना बिरामीले आँखा चेकजाँच गरेका थिए भने ४१ जनाको अप्रेशन गरिएकाे थियो । विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महंगो खर्चमा जिल्ला बाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै नगरपालिकामा उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका छन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page