तनहुँ र कास्की फुटबल फाइनलमा आज भिड्दै
तनहुँ र कास्की गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो भिड्ने भएका छन् ।

पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा तनहुँले बागलुङलाई २-१ गोलले तथा कास्कीले म्याग्दीलाई ४-१ गोलले पराजित गरी फाइनलकाे यात्रा तय गरेका हुन् ।


फाइनल खेल सोमबार दिउँसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटवल संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।

उपाधि विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख नगद पुरस्कारका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।



























