व्यास नगर प्रमुख न्यौपानेको रिट आज पनि हेर्न नभ्याइनेमा

व्यास नगर प्रमुख न्यौपानेको रिट आज पनि हेर्न नभ्याइनेमा

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सर्वोच्च अदालतमा पेश गरेको रिटमा आज दाेस्राे पटक पनि हेर्न नभ्याइनेमा परेको छ । न्यौपानेको रिटको पेशी आइतबारलाई तोकिएकामा हेर्न नभ्याइएर सोमबारलाई सरेको थियो । सोमबार न्यायाधीश प्रकाश ढुंगाना र नहकुल सुवेदीको इजलासमा पेशी तोकिएकामा आज पनि हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रमुख न्यौपानेले उच्च अदालत पोखराले व्यास नगरपालिकको प्रमुखको मतगणना पुनः गर्न भनि दिएको आदेशको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेकपा एमालेको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराजले धाँदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।

जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो । गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो ।

तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी भएको अवस्थामा उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको उक्त फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका थिए ।


व्यासको पुनः मतगणनाको विषय यतिबेला निकै चासोको विषय बनिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page