व्यासका प्रमुख प्रशासकिय अधिकृत गैरेकाे निर्णयले सेवाग्राही खुसी
अघिल्लो हप्ता व्यास नगरपालिकामा सरूवा भइ आएका प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरेले कार्यभार सम्हाल्दा उनको कार्यकक्षमा ताेक लगाउन आउने सेवाग्राहीकाे भिड हुन्थ्यो । याेजनाकाे भुक्तानी देखि लिएर सबै सामान्य फाइलहरू प्रमुखलाई ताेक लगाएपछि मात्रै फाँटमा काम अगाडि बढ्थ्याे ।


सामान्य फाइल समेत प्रमुखलाई नैं भेटेर काम गर्नुपर्दा सेवाग्राहीलाई झन्झट मात्रै हाेइन समय पनि धेरै लाग्ने तथा प्रमुखलाई पनि साना काममा अल्झिनपर्ने भए बाध्यता थियो । यि सबै कुराहरूलाई मध्यनजर गर्दै प्रमुख प्रशासकिय अधिकृत गैरेले उक्त ताेक लगाउनुपर्ने झन्झट हटाइदिएका छन् । अब नियमित खालका कुनै पनि काम ताेक लगाउन प्रमुखको कार्यकक्षमा आउन नपर्ने भएको छ ।
उनको याे निर्णय सँगै अब सम्बन्धित शाखा बाटै काम हुँदा सेवाग्राही खुसी भएका छन् ।





























