दमाैलीमा सेन्टर प्वाइन्ट विवाद या के कारणले भत्केनन् घर ? के भन्छन् घरधनी !

दमाैलीमा सेन्टर प्वाइन्ट विवाद या के कारणले भत्केनन् घर ? के भन्छन् घरधनी !

अहिले सबैकाे चासोको बिषय छ पृथ्वीराजमार्ग सडक मापदण्डभित्र परेका घर धनीले घर भत्काउन विलम्ब गर्दा काम नैँ प्रभावित भयो । सँगै राजमार्गमा परेका घर धनीलाई घर भत्काउन चाैतर्फि दबाब मात्रै हाेइन ” बिकास विरोधी ” यिनीहरूका कारणले हामीले धुलो खान पर्याे लगायतका गालीका वर्षा पनि छ ।
यि सबै बिषय परिस्थिति हुँदाहुँदै पनि दमाैलीका करिब १ दर्जन घर धनीले किन घर भत्काउन सुरु नैँ गरेका छैनन् त ? यस सम्बन्धमा केही घर धनीकाे भनाइ यहाँ समेट्ने प्रयास गरिएको छ ।


व्यास नगरपालिका वडा नं २ निवासी बिरेन्द्र घर्ती भन्छन् – मैले घर बनाएको १०/१२ वर्ष भयो । घर बनाउँदा मैले व्यास नगरपालिका बाट नक्सा पास गरेर , सबै प्रक्रिया पूरा गरेर बनाएको छु । व्यास नगरपालिकाका प्राविधिकले ७५ फुटमा नापेर दिएको ठाउँमा नैँ मैले पिल्लर ठड्याएकाे हाे । तर अहिले आएर प्राविधिकले नाप्दा घर भत्कनेमा चिन्ह लगायाे । मैले नगरपालिकामा पटकपटक साेधेँ त्यो बेलामा ७५ फुट छाेडेर बनाएको घर अहिले कसरी फेरि ७५ फुट भित्र पर्याे? प्राविधिकले नाप्ने कुरापनि कहिले के कहिले के हुन्छ र ? घर्तीकाे प्रश्न यसमै छ ।

तर प्राविधिकले भने केही प्राविधिक समस्याले त्यस्तो भएको हुनसक्छ , भने ।याे जवाफ प्रति घर्तीकाे पटक्कै चित्त बुझेको छैन , हुनत बुझाेस पनि कसरी ? प्राविधिकले नाप्दा त सधैं एउटै हुनपर्याेनि ! घर धनी घर्ती भन्छन् – नगरपालिकाले गल्ती गर्ने अनि दाेस हामीलाई दिएर जनता भिडाउने । मैले त ७५ फुटकाे स्वीकृत लिएर घर बनाएको बेलामा नैँ बाहिरी पिल्लर ७५ मा र भित्री पिल्लर ८२ मा राखेर बनाएको छु , किनकि पछि ८२ फुट कायम भएको बेलामा पनि घर नविग्रियाेस भनेर । त्यतिमात्रै हाेइन मेरो घर ८२ फुटमै भत्काउन म आतुर छु , तयार छु , तर गल्ती गर्नेहरू बाट मुआव्जा उपलब्ध गराउनुपर्याे ।
पहिले भएको ६ मिटरको राेड हाे , तर अहिले ७ मिटरको हाे भन्न आउछन् , कसरी यस्तो भयो नक्सा लेउ भन्दा नक्सा छैन भन्छन् , नक्सा नभइ कसरी बन्छ त ? उनको गम्भीर प्रश्न छ ।

व्यास २ कै अर्का घर धनी एकप्रसाद श्रेष्ठ भन्छन् – याे मुख्य गरी सेन्टर प्वाइन्ट बिवाद हाे । सेन्टरको विवाद भए यता व्यास नगरपालिका , जिल्ला समन्वय , सडक , स्थानीय लगायतका सराेकारवाला टिम बसेर नाप्ने , मिलाउने प्रयास पटकपटक भएको हाे , तर निस्पक्ष काम हुन नसक्दा सहमति हुन सकेको छैन । सडकमा भएको पुरानो नाला अहिलेसम्म भत्केको छैन , नाप्ने बलिया आधार र सेन्टरका बिषय त्यहीँ छ , तरपनि उपयुक्त निकास निस्कन सकेको छैन । अब फेरि नापाैँ भन्ने सबैकाे माग र चाहना छ यहीँनीर हाे विलम्ब भएको श्रेष्ठ बताउँछन् ।

तैपनि अब धेरै ठुलो असहमति नभएको र छिट्टै सहमति जुट्नेमा उनी विश्वस्त छन् । हामी बिकास बिराेधि हैन , बाहिरबाट हेर्दा घर धनिले घर भत्काएनन् भन्ने खालका गाली मात्रै सुनिन्छ , तर भित्री कारण केहाे तनि भन्ने बुझिदैँन । हामीले त झन २३ मिटर मात्रै गर्दा पार्किङ लगायतका समस्या हुने हुनाले २५ मिटर कायम गराैँ नत्र साँगुरो हुन्छ समेत भनेका छाैँ । अहिलेसम्म प्राविधिक समस्याको कारणले मुआव्जा समेत लिएका छैनौं , केही साथीहरूकाेत निवेदन दिन समेत बाँकी छ श्रेष्ठ भन्छन् ।
यता यस अगाडी व्यास २ र ४ काे वारपार नाप्दा जम्मा १४७ फुट मात्रै भएको बुझिएको छ । १५० फुट हुनुपर्ने मा १४७ मात्रै भइ ३ फुट नपुग्दा थप समस्या देखिरहेको पाइएको छ । यस सम्बन्धमा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ सँग बुझ्दा सेन्टर प्वाइन्ट विवाद देखिएको र प्राविधिक टिमसँग छलफल गरि सबै लाई चित्त बुझ्ने गरि मिलाउने प्रयास भइरहेको श्रेष्ठले बताए ।

अब फेरि सर्वपक्षीय सराेकारवालाकाे भेला बसेर पुरानो नाली वा पुरानो बाटो पत्ता लगाएर दुबै तर्फ ७५ फुट अर्थात वारीको एक घरबाट पारीअर्को घरको दुरि १५० फुट निकालेर त्यसैलाई कायम गर्नुनै उत्तम विकल्प देखिन्छ।

व्यास नगरपालिका वडा नं २,३ र ४ मा घर,मठमन्दिर र पाटी समेत गरी करिब पचहत्तर वटा संरचना भत्किने मुग्लिन–पोखरा पूर्वी सडक सडक योजना पूर्वी खण्डले जनाएको थियो । त्यसमध्येका अधिकांश घर हरू भत्काइसकेकाे , भत्काउने क्रममा रहेको छ भने केही घर हरू यस्तै विवादले राेकिरहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page