प्रश्नपत्र आउट गर्ने शिक्षक केशव र बिकास प्रहरी खाेरमा
प्रश्नपत्रको गोपनियता भङ्ग गर्ने शिक्षकहरु प्रहरीको खाेरमा पुगेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डबाट २०८१ बैशाख १४ गते देखि २६ गते सम्म संचालन भएको कक्षा १२ को परीक्षाहरु संचालन भईरहेकै क्रममा काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाईल फोनको माध्यमबाट प्रश्नपत्रकाे गाेपनियता भङ्ग गरेकाेमा दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती शिक्षकले परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्नपत्रको गोपनियता भङ्ग हुने गरी परिक्षाको प्रश्नपत्रहरु सामाजिक संजालको माध्यमहरु WhatsApp, Messenger, Instagram, Viber लगाएतमा बिभिन्न Group हरु बनाई परिक्षा संचालन हुन अगावै प्रश्नपत्रहरु तथा उक्त प्रश्नपत्रको उत्तरहरु आदान प्रदान गर्ने/गराउने कार्यहरु गरेकाे प्रहरीकाे भनाइ छ ।


प्रश्नपत्र हरू आउट भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रश्नपत्रको गोपनियता भङग तथा परीक्षाको मर्यादा विपरितका उल्लेखित कार्यहरु गर्ने कार्यमा संलग्न ती शिक्षकहरू लाई खोजतलास गर्ने क्रममा मिति २०८१।०२। २७ गते का.जि.का.म.न.पा. वडा नं. १२ टेकु चोक स्थितबाट पक्राउ गरी शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा
१. जिल्ला बागलुङ ग्वालीचौर ८ घर भई हाल ललितपुर उ.म.न.पा. १८ बस्ने बर्ष ३१ को केशव घिमिरे । र
२. जिल्ला पाल्पा रिडिकोट गा.पा. वडा नं. ३ घर भई हाल का.जि.का.म.न.पा. १६ बस्ने बर्ष २४ को विकास ज्ञवाली रहेका छन् ।





























