बिद्यालयकाे छाना उडाएपछि बन्दिपुरका मेडमहरू आफै छानाे छाउँदै

बिद्यालयकाे छाना उडाएपछि बन्दिपुरका मेडमहरू आफै छानाे छाउँदै


तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं ३ मा रहेको सरस्वती आधारभुत बिद्यालयकाे छाना उडाएको झण्डै २ हप्ता हुन लाग्यो । लामो समयसम्म छाना उडाएको भवनमा बिद्यार्थी पढाउन कठिन हुने देखियो । सम्बन्धित ठाउँहरूमा जानकारी पनि भयो , तर समयमै सम्बाेदन नहुँदा समस्या लम्बियाे । यस्तो अवस्थामा बिद्यालयका मेडमहरू आफै छाना मर्मतका लागि कस्सिए ।

शिक्षिका बन्दना भट्टराईले अघिल्लो हप्ता आएकाे हावाहुरीले दुईवटा भवन रहेको बिद्यालय मध्ये एउटा भवनको छाना उडाएको कारण उक्त भवनमा पढ्ने बिद्यार्थीहरू सबैलाई अर्को भवनमा राखेर पढाउने गरेको बताइन् । एउटा भवन उँडाएपछि अर्को भवनमा राखेर पढाउँदै गर्दा उक्त भवनको पनि काँटी कब्जा उक्किसकेकाे र केही ठाउँमा टिन समेत निस्केकोले थप समस्या नहाेस भनेर मर्मत गरिएको भट्टराईले जानकारी दिइन् ।
बिद्यालयका मेडमहरू भट्टराई सहित पञ्चुमाया थापा , शुभकामना कुंवर ,कर्मचारी निर्मला राना आफै छानामा चढेर मर्मत गरि स्कुल सञ्चालन गरिएको बिद्यालयले जनाएको छ । ५ कक्षा सम्म रहेको उक्त बिद्यालयमा हाल ३० जना बिद्यार्थी अध्यन गर्ने गर्दछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page