व्यास ३ का युवायुवतीलाई कफी बनाउने तालिम प्रदान

व्यास नगरपालिका वडा नं ३ को आयोजनामा वडाभित्रका ३२ जना युवायुवतीहरुलाई सीपमूलक बारिष्टा कफि बनाउने तालिम प्रदान गरिएको छ ।
युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आयाेजित ४५ दिने कफि बनाउने तालिमको मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकिए आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । स्वदेशमै रोजगारीमुखी बनाउन नगरपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिदै आएको उनले बताए ।
वडाध्यक्ष अनुप रानाले वडाको युवा लक्षित रु दुई लाख बजेटबाट युवायुवतीलाई वरिष्टा तालिम दिइएको जानकारी दिए । वरिष्टामा युवायुवतीको आकर्षण रहेकाले सीप सिकाएर दक्ष बनाउन सञ्चालित तालिम प्रभावकारी बनेको उनको भनाइ छ ।


वडाध्यक्ष अनुप रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ,वडासदस्य श्रीमाया विक,शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ,वडा महिला समन्वय समितिका उपाध्यक्ष केशकुमारी राना,प्रशिक्षार्थीकातर्फबाट अशोक राना लगायतका वक्ताहरुले तालिमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य बिनु श्रेष्ठ र कार्यक्रम संचालन वडासचिव सावित्री आचार्यले गरेकी थिइन्।






























