राष्ट्रियपरिचयपत्रमा भिड – कर्मचारीले पानी समेत खान भ्याउदैनन् !

राष्ट्रियपरिचयपत्रमा भिड – कर्मचारीले पानी समेत खान भ्याउदैनन् !


राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले २०८१ साल श्रावण महिना देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नं अनिवार्य गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रको विवरण संकलनको लागि वृद्धवृद्धा एवं अपाङ्गता भएका व्यक्तिहरुको भीड बढिरहेको छ ।

जि प्र का मा भिड बढ्दै गएपछि साविकमा २ वटा संकलन केन्द्र मार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलन हुँदै आएकोमा हाल ३ वटा संकलन केन्द्र थप गरी कार्यालयबाट ४ वटा संकलन केन्द्र मार्फत र देवघाट गाउँपालिकाको केन्द्रबाट १ वटा संकलन केन्द्र समेतबाट गरी ५ वटा संकलन केन्द्र मार्फत सेवा दिइरहेको छ ।

५ वटा संकलन केन्द्र मार्फत बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म निरन्तर सेवा प्रवाह गरिरहँदा यहाँका कर्मचारीलाई भने काममा अत्याधिक चाप छ । यति सम्मकी उनिहरू पानी खान मनलाग्दा समेत समयमा पानी खान भ्याउदैनन् । दिनमा झण्डै चारसय सेवाग्राही आउँदा सेवा दिने कार्यालयमा जम्मा २७ जना मात्रै कर्मचारी छन् । २७ जना कर्मचारीले ४ सय सेवाग्राहीकाे काम गर्नपर्दा उनीहरू हैरान छन् , थकित छन् ।

प्रशासनका एक कर्मचारीका अनुसार राष्ट्रिय परिचयपत्र अहिले देखिएको समस्या हाे , तर सधैंभरि हुने नागरिकता , राहदानी लगायतको चाप सधैंको भिडमा पर्दछ । जिम्मेवारी अनुसार इमानदारीपूर्वक सेवाग्राहीलाई सेवा दिँदा जस पाउनुकाे सट्टा कर्मचारीले कामै गर्दैनन् भन्ने आवाज सुन्नपर्दा दुख लाग्ने ती कर्मचारी बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page