६/५ जियर ( f f ) भूपू पल्टन द्वारा सुवेदार मेजर गुरूङलाई सम्मान

६ बटालियन ५ गाेरखा राइफल्स ( फ्रन्टियर फाेर्स ) भुतपुर्व सैनिक परिवार दमाैली तनहुँले ६/५ जियर ( f f ) पल्टनमा कार्यरत सुवेदार मेजर साेमबहादुर गुरूङलाई भब्य स्वागत गरेकाे छ ।

आइतबार दमाैलीमा आयाेजित स्वागत एवम् सम्मान कार्यक्रममा ६/५ जियर भूपू सैनिक परिवारका अध्यक्ष क्याप्टेन तारालाल मल्लले सुवेदार मेजर गुरूङलाइ फुलगुच्छा र खादा मालाले सम्मान गर्दै तनहुँमा सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । तनहुँमा जन्मेर सुवेदार मेजर जस्तो सम्मानित पदमा पुग्नु हाम्रो पल्टनकाे लागि मात्रै नभइ सिङ्गो जिल्लाकाे लागि खुसिकाे कुरा भएको क्याप्टेन मल्लले बताए । भूपू हरू तनहुँमा एउटै परिवार जस्तो भएर संगठित बनेर बसेकाे भन्दै मल्लले हरेककाे सुखदुःखमा भूपू हरू सहयोगी बन्दै आएकाे बताए ।



कार्यक्रममा प्रमुख अतिथि सुवेदार मेजर गुरूङले तनहुँले गरेको सम्मान प्रति आभार ब्यक्त गर्दै भूपू परिवारलाई धन्यवाद दिएका थिए । अकस्मात् भएको भेटघाटमा पनि पल्टनका भूपू साव हरूले अत्यन्तै उच्चस्तरको सम्मान गर्नुभएको प्रति म सधैं ऋणी रहने छु उनको भनाइ थियो । काेहिपनि भूपू हरूकाे कुनै पनि समस्या परेमा आफुलाइ सम्पर्क गर्न आग्रह गर्दै सु मे गुरूङले पल्टनमा सकेसम्म राम्रो काम गरेर पल्टनकाे नाम उच्च राख्ने गरि काम गरिरहेको बताए ।


कार्यक्रममा भूपू सैनिक सल्लाहकार क्याप्टेन खिलबहादुर थापा ,क्याप्टेन कमल प्रधान , सचिव सुवेदार केशव थापा , क्याप्टेन जगबहादुर गुरूङ , काेशाध्यक्ष हः दलबहादुर थापा , ह . धनसुब्बा तामाङ , ह केशर थापा , ह चुरबहादुर थापा , ह राजकुमार मानन्धर लगायतका महिला दिदिबहिनीहरूले सुवेदार गुरूङलाइ सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।





























