जंगली च्याउ खाँदा आँबुखैरेनीमा ५ जना बिरामी

जंगली च्याउ खाँदा आँबुखैरेनीमा ५ जना बिरामी
Oplus_0

तनहुँकाे आँबुखैरेनी गा.पा.०६ हिलेखर्क बस्ने बर्ष ५४ को डिल ब.गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा ५ जना बिरामी भएका छन् । च्याउ खाए लगत्तै बान्ता हुनथालेपछि उनिहरूलाइ उपचारको लागी आँबुखैरेनी अस्पताल आँबुखैरेनी ल्याइएकोमा हाल २ जना चितवन मेडिकल कलेजमा र ३ जनाको आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहराले बताए ।

च्याउ खाएर बिरामी भएको जानकारी पाउनासाथ ई.प्र.का आँबुखैरेनी बाट प्र.ना.नि सरोज नरालको कमाण्डमा ७ जनाको टोली उक्त स्थानमा खटी गएको थियो । च्याउ खाइ बिरामी हुनेहरूमा —

१)जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.०६ हिलेखर्क बस्ने बर्ष ५४ को डिल ब.गुरुङ अबस्था मध्यम , थप उपचारको लागी नया मेडिकल कलेज भरतपुर चितवन रिफर ।

२)ऐ.ऐ.बस्ने  बर्ष ९२ को रण ब.गुरुङ अबस्था सामान्य आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको  ।

३)ऐ.ऐ. बस्ने बर्ष ८५ की द्रोणपती गुरुङ अबस्था सामान्य आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको 

४)ऐ.ऐ.बस्ने बर्ष ५८ की पम्फी गुरुङ अबस्था सामान्य आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको  ।

५) (छिमेकी) ऐ.ऐ.बस्ने बर्ष ५७ को मधु गुरुङ अबस्था सामान्य  आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको  । ऐ मिति २०८१।०३।०३ गते ०१:०० बजेको समयमा चितवन मेडिकल कलेज रिफर भएको ऐ ०२:०० बजे अस्पताल पुगेको अवस्थामा सुधार रहेको ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page