एपेन्डिक्स बिरामी राेशनीलाई सहयोग गर्न परिवारकाे आग्रह , म्याग्दे समाजकाे आर्थिक सहयोग

एपेन्डिक्स बिरामी राेशनीलाई सहयोग गर्न परिवारकाे आग्रह , म्याग्दे समाजकाे आर्थिक सहयोग
Oplus_0

म्याग्दे दमाैली समाजले एपेन्डिक्स बिरामी राेशनी गुरूङलाई आर्थिक सहयोग गरेको छ । म्याग्दे गाउँपालिका वडा नं १ बाख्रेकि १५ वर्षीय राेशनी विगत ३ महिना देखि एपेन्डिक्सले घरमै थलिएर बसेकाे र आर्थिक अवस्था कमजोर भएकोले समयमा उपचार गर्न नसकेको अवस्थामा समाजले सहयोग गरेको हाे । म्याग्दे दमाैली समाजका अध्यक्ष भाग्यशाली ढुंगानाकाे नेतृत्वमा गएको टाेलिले बिरामी गुरूङकाे घरमा पुगी १० हजार पन्ध्र रूपयाँ सहयोग गरेको अध्यक्ष ढुंगानाले बताए ।

सामाजिक उत्तरदायित्वकाे भावना अनुसार अत्यन्तै कमजोर अवस्थामा रहेकी गुरूङलाइ सहयोग गरेको समाजका निवर्तमान अध्यक्ष मनिराज थापाले बताए । उक्त रकम उपचारको लागि प्रयाप्त नभएपनि सहयोगकाे सुरुवात भएको भन्दै थापाले उनको उपचारको लागि सबैले सहयोग गरिदिन आग्रह गरे । बिरामी गुरूङकाे घरमा आमा मात्रै भएको र बुवा १२ वर्षदेखि मलेसियाबाट बेपत्ता भएको बिरामीकि आमा ढकमाया गुरूङले बताइन् । आम्दानिकाे बाटो केही नभएकोले छाेरिकाे उपचार गर्न समस्या भएको भन्दै उनले छाेरिकाे उपचारको लागि सहयोग गरिदिन सबैलाई आग्रह गरिन्

। उक्त सहयोग कार्यक्रममा समाजका उपाध्यक्ष क्या तारालाल मल्ल , महासचिव बिकास खनाल , पुर्व सचिव पदम श्रेष्ठ , सल्लाहकार मनाेज अधिकारी , तिर्थ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page