क्षत्री समाज नेपाल तनहुँ भातृ संस्थाकाे अधिवेशन सम्पन्न ,महिला अध्यक्षमा आशा

क्षत्री समाज नेपाल तनहुँकाे विभिन्न भातृ संस्थाहरूकाे अधिवेशन सम्पन्न भएको छ । भातृसंस्थाकाे हालै सम्पन्न दाेस्राे अधिवेशन बाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको क्षेत्री समाज नेपाल ब्यास नगर सभापति शंकर अधिकारीले बताए ।

जसअनुसार महिला अध्यक्षमा आशा कार्की, भु पुहरूकाे अध्यक्षमा काली बहादुर अधिकारी,सास्कृतिक बिभाग अध्यक्षमा बिष्णु खड्का क्षत्री र युवा अध्यक्षमा राजेन्द्र बानिया चयन भएको अधिकारीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्री समाज नेपालका केन्द्रिय अध्यक्ष रिब बहादुर थापाले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र उपलब्ध गराउँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।



जिल्ला अध्यक्ष शम्भु बहादुर अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा महासचिब कृष्ण बहादुर थापा , पुर्ब केन्द्रिय अध्यक्ष डा चन्द्र बहादुर थापा,संस्थापक अध्यक्ष समुन्द्र गोदार,केन्द्रिय उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी,प्रदेश सचिब कृष्ण घिमिरे , जिल्ला उपाध्यक्ष प्रेम बहादुर राउत ,शंकर अधिकारी तथा महिला सभापति मन्जु थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।




























