बुवा चाँडै घरमा आउनुसन,बिरामी छाेरि र आमा बाटो हेरिरहेका छाैं!

बुवा चाँडै घरमा आउनुसन,बिरामी छाेरि र आमा बाटो हेरिरहेका छाैं!


एपेन्डिक्स बिरामी सलिना यतिबेला पिडाले छट्पटाइ रहेकि छन् । बिगत ३ महिना देखि एपेन्डिक्सले थलिएकि उनी पढ्ने उमेरमा थलिन पर्दा एकातिर मानसिक पिडामा परिन् भने अर्कोतिर पेट दुखेर सहनै नसक्ने भए पछि दुखाइकाे पिडामा परिन् । त्यतिमात्रै हाेइन घरको आर्थिक अवस्था अत्यन्तै कमजोर अनि आफ्नै बुवा डिलबहादुर गुरूङ बिगत १३ वर्षदेखि वैदेशिक राेजगारिकाे सिलसिलामा मलेसिया जाँदा उतै बेपत्ता!

Oplus_0

घरमा आमा सँग रहेकि उनी मुनि दुईवटा भाइबहिनी छन् । उनको बहिनी कक्षा ७ मा र भाइ कक्षा ५ मा पढ्छन् । परिवार पाल्नुपर्ने , पढाउनुपर्ने सबै बाध्यता उनकी आमा ढकमाया गुरूङलाइ छ । जेनतेन मेलापात गरेर हुर्काउँदै पढाउँदै गर्दा एक्कासि ठुलो छाेरि एपेन्डिक्सले थलिएपछि उनकि आमा अति पिडामा छिन् , भावविह्वल छिन् । आमा ढकमाया भन्छिन् मलाई कति भाग्यले ठगेको रछ , एक्लै छु ,खाने चामल कसरी पुर्याउने भन्ने अवस्थामा बाउकाे अत्तोपत्तो छैन , छाेरिकाे याे हालत छ , अझै अहिलेत घर पनि चुहिन थालेको छ । कान्छो छाेराकाे अनुहार बाउ भनाउदाले अहिलेसम्म देखेका छैनन् , छाेराछाेरिले हाम्रो बा खै ? कहिले आउनुहुन्छ भन्छन् ! म नतमस्तक हुन्छु ।

ठुली छाेरि पढ्न असाध्यै रूचि राख्थि , सुरुमा उसलाई पेट दुखेको थियो , त्यहीबेलामा स्कुलमा परिक्षा चलिरहेको थियो , दुखेर खप्न नसक्दा पनि पढाइ बिग्रन्छ भन्दै पटुका बाँधेर गई । तर दुखाइ खप्न नसक्ने गरेर बढ्दै गयो , त्यसपछि जाँच एउटा दिन बाँकी हुँदा अस्पताल गयौं , अस्पतालमा जान ढिला भैसकेको रहेछ । खर्च थिएन , पाेखरा गण्डकी अस्पतालमा राखेपछि अप्रेसन गर्ने कुरा भयो , जतिसक्दो छिटो अप्रेसन गर्न डाक्टरले भने । अस्पतालमा बिरामी छाेरि छट्पटीरहेकि बेला घर ,माइत ,छरछिमेक तिर हार गुहार गरेँ ।

उनलाई पाेखरा लान एम्बुलेन्सकाे निशुल्क व्यवस्था र १५ हजार रूपयाँ म्याग्दे गाउँपालिकाले उपलव्ध गरायो ,। उदय माविमा कक्षा १० पढ्दै गरेकि १६ वर्षीय सलिनालाई बिद्यालयबाट २० हजार रूपयाँ सहयोग मिल्यो । यस्तै घर वरपरका छरछिमेकि देखि गुणादी आसपास पनि सहयोग संकलन भयो र तत्कालै छाेरिकाे अप्रेसन भयो ।
छाेरिकाे अप्रेसन पछि उनलेे छाेरिलाइ घरमा ल्याइन् , पेटबाट आन्द्रा बाहिर छ , अब दाेस्राे अप्रेसनलाई जानपर्नेमा फेरि रकम अभावले उनी अलमलमा छन् । घाउ सन्चो भए पछि र बिरामीमा तागत भए पछि अप्रेसन गर्ने भनेको छ , तर छाेरिमा केही तागत छैन, धेरै चिन्ताले खान राम्रोसँग खान्न , अब सबैले सहयोग गर्दिए छाेरिलाइ लिएर पाेखरा जान्थेँ आमा ढकमाया भन्छिन् । छाेरिकाे यस्तो हालत छ घरमा खाेजिरहेका छन् भन्ने थापाएर , बुझेर बाउ आइदिएपनि हुन्थ्यो नि उनी केही आशा राख्दै आसु झार्छिन् । अहिले बिरामी सलिनाकाे आमा ढकमाया गुरूङकाे नाममा बैंक खाता खाेलिसकेकाे छ ।

(बिरामीको आमाकाे नाममा खाेलेकाे खाताकाे QR आउन केही समय लागेकाले अहिले यहाँ राखेको छैन, तथापि केही समयमा नैँ उपलब्ध गराउनेछाैँ )
९८४६११२३०२ माे नं

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page