जामुने नेवार समाजको बाजागाजा खरिदका लागि ८४ हजार सहयोग

जामुने नेवार समाजको बाजागाजा खरिदका लागि ८४ हजार सहयोग

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ स्थित जामुने नेवार समाजमा बाजागाजा खरिदकाे लागि ८४ हजार रूपयाँ सहयोग प्राप्त भएको छ । जामुने घर भइ हाल साउदी अरबमा राेजगारिकाे सिलसिलामा रहेका गुठेरी दाजुभाइहरु बाट उक्त रकम सहयोग प्राप्त भएको जामुने नेवार समाजले जनाएको छ ।

समाजका लागि आवश्यक सामाग्रीहरू खरिद गर्न प्रति व्यक्ति रु. ७ हजारका दरले रु. ८४ हजार सहयोग गरेकाे समाजले बताएको छ । राेजगारिकाे सिलसिलामा बाहिर रहेर पनि समाजलाई आवस्यक परेको सामाग्रीहरू खरिदका लागि सहयोग गरेको भन्दै समाजका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा सचिव हरिकृष्ण श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।
सहयोग गर्नेहरूकाे नामावली
१. राजकुमार श्रेष्ठ , तिर्थ कुमार श्रेष्ठ , माधव कुमार श्रेष्ठ
मनोज श्रेष्ठ ,प्रकाश श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ , सरोज श्रेष्ठ, सुजित श्रेष्ठ ,प्रदीप कुमार श्रेष्ठ , उमेश श्रेष्ठ ,. दिल कुमार श्रेष्ठ र सरोज श्रेष्ठ (बडहरे)रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page