जिल्ला लिग फुटबल – उद्घाटन खेलमा हैरान्स र अलस्टार बराबरी

तनहुँकाे दमाैलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुक्रवार देखि सुरु भएको छ । १० वटा क्लवकाे सहभागीता रहेको लिग फुटबलकाे उद्घाटन खेलमा दमाैलीकाे हैरान्स क्लव र आवुखैरेनिकाे अलस्टार युवा क्लव बिच भएकाे प्रतिस्पर्धामा दुबै क्लवले कुनै गाेल गर्न सकेनन् ।
व्यास नगरपालिका वडा नं ३ विपि वनवाटिकामा हुने भनिएको प्रतियोगिता खेलमैदान उपयुक्त नभएकोले ब्यास १ स्थित निर्मल स्कुलकाे खेलमैदानमा सुरु गरिएको छ ।



सुक्रवार दिउँसो सुरु प्रतियोगिताकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए । जिल्ला फुटबल संघ तनहुँका अध्यक्ष सत्यभक्त पालिखेकाे अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद बिकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे , वडा अध्यक्ष सुरेश थापा , हरि तिमिल्सिना , नवीन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख र दाेस्राे हुने टिमलाई ५० हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल सँयाेजक कुमार श्रेष्ठले बताए ।




























