२७ वर्ष जागिर खाएर अवकाश प्राप्त ईन्जिनियर मिश्र बिदाइमा भक्कानिए !

२०४५ सालमा साविक जिल्ला बिकास समिति तनहुँमा जागिर सुरुवात गर्दा गङ्गानाथ मिश्र लक्का जवान थिए । घर देखि जागिरकाे खाेजीमा घुम्दै आउँदा उनी जिल्ला विकास समिति तनहुँमा प्राविधिक काे रूपमा जागिर पाएका थिए । अस्थायी जागिरको रूपमा प्रवेश गरेका मिश्र २०५३ सालमा स्थायी भए ।

२०७४ सालमा कर्मचारी समायोजन भए पछि मिश्र म्याग्दे गाउँपालिकामा पुगे । म्याग्देमा पछिल्लो समय सभआोभरसियर काे रूपमा काम गरेका मिश्र अवकाश पाउने बेलामा भने ईन्जिनियर बने । ईन्जिनियर मिश्र २०८० चैत २१ मा अनिवार्य अवकाश पाएपनि बिदाइ भने हालैमात्र भएका छन् । मिश्रकाे बिदाइ कार्यक्रममा बाेल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक इमानदार कर्मचारीलाई बिदाइ गर्नपरेकाे भन्दै उनको काम र याेगदानलाइ गाउँपालिकाले सदैव सम्झने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले इमानदारीपूर्वक आफ्नाे जिम्मेवारी निर्वाह गर्ने कर्मचारीकाे रूपमा झा लाई लिइएको बताए ।



प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले २७ वर्षकाे लामो जागिरकाे दाैरानमा धेरै राम्रा साथीहरू भेट भएको भन्दै राम्रो कुरा लिने र नराम्रो कुरा यहीँ छाेड्नुहुनआग्रह गरे । अवकाश पछिकाे जीवन सुखमय हाेस् , पारिवारिक जीवन खुसिका साथ बिताउन सक्नुहाेस प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने । साे अवसरमा मिश्रले सबैलाई धन्यवाद दिँदै जागिर दाैरान र बिगतका दिनहरूकाे बारेमा सम्झँदै बाेल्ने क्रममा भावुक हुँदै भक्कानिएका थिए ।




























