तनहुँ डान्स च्याम्पियनकाे उपाधि जित्दै जिराे स्टाइलले हात पार्याे एक लाख


मोहन बतास फाउण्डेशनले आयोजना गरेको तनहुँ डान्स च्याम्पियनको उपाधि जिरो स्टाइलले जितेको छ । दमौलीमा शनिबार राति सम्पन्न भएको फाइनलमा जिरो स्टाइल प्रथम हुँदै डान्स च्याम्पियनको उपाधि जितेको हो ।

प्रतियोगितामा रामज्योति ग्रुप द्वितीय र इलाइट ग्रुप तृतीय भएको छ । उपाधिसँगै प्रथम भएको जिरो स्टाइलले नगद रु एक लाख प्राप्त गरेको छ । द्वितीय भएको रामज्योतिले रु ५० हजार र तृतीय भएको इलाइटले रु २० हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगिताको फाइनलमा १६ टोली पुगेका थिए ।जिल्लाभरका विभिन्न विद्यालय तथा नृत्य समूह सहभागी र झण्डै तीन महिनासम्म चलेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल भएको थियो ।
विजेतालाई तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम तथा प्रहरी प्रमुख एसपी अपिल राज बाेहराले पुरस्कार वितरण गरेका थिए ।



प्रतियोगितामा रेनेशा राई, आश्मा विश्वकर्मा, दिपेन्द्र शाही ठकुरी लगायतले निर्णायकको भूमिका निभाएका थिए ।युवायुवतीमा भएको नृत्य प्रतिभा प्रस्फूटन गराउने उद्धेश्यसहित जिल्लामै पहिलो पटक ठूलो राशीको कार्यक्रम गरिएको थियो ।
गायिका प्रिति आलेको समेत प्रस्तुती रहेको प्रतियोगिताको फाइनल समारोहमा दर्शककाे बाक्लो उपस्थिति रहेको फाउन्डेसनका अध्यक्ष ओमराज श्रेष्ठले बताए ।फाउण्डेशनका संरक्षक तथा व्यास ३ घर भै हाल हंगकंग निवासी मोहन बतासको सक्रियतामा प्रतियोगिता भएको हो । उक्त प्रतियोगिताकाे सहआयाेजकमा भिक्टोरिया डान्स एण्ड स्कुल रहेको थियो ।




























