किर्ते गरि गाडी चलाउने सुन्दरबजार नगरपालिकाकाे गाडी तनहुँ प्रहरीको कारबाहीमा

किर्ते गरि गाडी चलाउने सुन्दरबजार नगरपालिकाकाे गाडी तनहुँ प्रहरीको कारबाहीमा
Oplus_0


लमजुङको सुन्दरबजार नगरपालिकाकाे गाडी तनहुँ प्रहरीको कारबाहीमा परेको छ । सनिवार बिदाको दिनमा चलाउनकाे लागि पास लिएको पत्रमा आफुखुसि केरमेट तथा किर्ते गरिएकोले कारबाही गरिएको प्रहरीले जनाएको छ ।

तनहुँकाे भानुमा चेकजाँच गर्ने क्रममा उक्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पाैडेलले जिल्ला प्रशासन कार्यालय लमजुङ लाई लेखेको पत्रमा बा २ झ १०४३ नम्बरको निसान जिप कार्यलय सम्बन्धि कामको शिलशिलामा २०८१ -२-१४ गते र अर्को एक दिन लमजुङ , तनहुँ , चितवन र नवलपुर जानुपर्ने भएको हुँदा साे अवधिकाे लागि सवारी पास उपलब्ध गराइदिनुहुन भनी पत्र पठाउँदा जिल्ला प्रशासनले स्वीकृत दिएको छ ।

तर उक्त गाडीमा सनिवार सवार व्यक्तिहरूले उक्त मितिलाई केरमेट र किर्ते गरि आफुखुसि २०८१-३-४ गते र ९ गते बनाइ नगरपालिकाकाे सवारीसाधन दुरुपयोग गरि बिदाको दिनमा गुडाइरहेकाे पाइएकोले कारबाही गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page