एपेन्डिक्स बिरामी सलिनालाइ भूपू सैनिक क्लवको १३ हजार सहयोग

एपेन्डिक्स बिरामी सलिनालाइ भूपू सैनिक क्लवको १३ हजार सहयोग


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे घर भएकि १६ वर्षीय एपेन्डिक्स बिरामी सलिना गुरूङको उपचारकाे लागि भूपू सैनिक क्लव तनहुँले आर्थिक सहयोग गरेको छ । भूपू सैनिक क्लव तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे नेतृत्वमा गएकाे टाेलिले कक्षा १० मा पढ्ने बिरामी सलिनाकाे घरमै पुगेर नगद १३ हजार दुई सय ४५ रूपया सहयोग गरेको हाे ।

एपेन्डिक्सका कारण आन्द्रामा गम्भीर समस्या भएकी गुरूङकाे आर्थिक अभावका कारण समयमा उपचार हुन नसकिरहेको अवस्थामा भूपू हरूले रकम संकलन गरेर बुझाउन उनकै घरमा पुगेको अध्यक्ष क्याप्टेन मल्लले बताए । हामी पैसा दिन मात्रै भन्दापनि हाैसला प्रदान गर्न र आत्मबल बलियो बनाउन सल्लाह दिन आएका हाैँ मल्लले भने । पछिल्लो समय सलिनाकाे पचारको लागि देश बिदेश बाट सहयोग रकम जुट्ने क्रम जारी छ । सलिनाकाे १ हप्ता पछि अप्रेसन गर्ने गण्डकी अस्पताल पाेखराले जनाएको छ । उनको हाल आन्द्रा बाहिर निकालेर दिसा थैलि झुण्ड्याइएकाे छ ।


गुरूङलाई सहयोग दिन क्लवका सहविर उचाइ ठकुरी , टुकबहादुर हमाल , मदराज मल्ल , साेमबहादुर थापा र पञ्चबहादुर गुरूङ सहितको टाेलि बिरामीको घरमा पुगेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page