एपेन्डिक्स बिरामी सलिनालाइ इन्द्रेणीकाे २० हजार सहयोग
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे घर भएकि १६ वर्षीय एपेन्डिक्स बिरामी सलिना गुरूङको उपचारकाे लागि काठमाडौंमा रहेको इन्द्रेणीले आर्थिक सहयोग गरेको छ । इन्द्रेणीका निर्देशक कृष्ण कंडेलले कक्षा १० मा पढ्ने बिरामी सलिनाकाे स्वास्थ्य अवस्थाकाे बारेमा तनहुँ प्रेस डट कम का कार्यकारी सम्पादक बिकास खनाल मार्फत थाहा पाएपछि साेमबार २० हजार रूपयाँ सहयोग पठाएका हुन् । कंडेलले इन्द्रेणीका अभिभावक म्याग्दे ४ घर भइ हाल अमेरिका बस्ने लक्ष्मण मल्ल लाई राष्ट्रिय बाणिज्य बैंकको चेक हस्तान्तरणकाे लागि पठाएका थिए ।

इन्द्रेणीका अभिभावक मल्ल र साविक छाङका सचिव तिर्थ वाग्ले लाइ कार्यकारी सम्पादक खनालले बिरामी सलिनाकाे घरमा लिएर गएका थिए । इन्द्रेणीका अभिभावक मल्लले पत्रकार खनाल मार्फत सबै कुरा जानकारी पाएपछि इन्द्रेणीमा पुगेर कंडेलजी सँग सल्लाह गरेर उक्त सहयोग रकम लिएर आएकाे बताए । इन्द्रेणी ले दुखि गरिवहरूलाइ सहयोग गर्दै आएकाे उनले बताए ।



एपेन्डिक्सका कारण आन्द्रामा गम्भीर समस्या भएकी गुरूङकाे आर्थिक अभावका कारण समयमा उपचार हुन नसकिरहेको अवस्थामा इन्द्रेणी परिवारले बीस हजार सहयोग पठाएको हाे । पछिल्लो समय सलिनाकाे पचारको लागि देश बिदेश बाट सहयोग रकम जुट्ने क्रम जारी छ । सलिनाकाे १ हप्ता पछि अप्रेसन गर्ने गण्डकी अस्पताल पाेखराले जनाएको छ । उनको हाल आन्द्रा बाहिर निकालेर दिसा थैलि झुण्ड्याइएकाे छ । इन्द्रेणीबाट सहयोग रकम पाएपछि सलिनाकाे परिवार तथा टाेलका अध्यक्ष राजु गुरूङ र युवा समाजसेवी मदन गुरूङले इन्द्रेणी परिवारलाई धन्यवाद दिएका छन् ।




























