व्यास नगरपालिकाको अनुमानित बजेट २ अर्ब ४ करोड

व्यास नगरपालिकाको अनुमानित बजेट २ अर्ब ४ करोड
Oplus_0

व्यास नगरपालिकाले २०८१÷०८२ का लागि बजेट तथा कार्यक्रम पेश गरेको छ । नगर उपप्रमुख इन्दिरा दरैले आर्थिक बर्ष २०८१÷०८२ का लागि रु.२ अर्ब ४ करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट पेश गरेकी थिइन् । जसमध्ये चालु खर्च तर्फ रु.९५ करोड ७३ लाख ५६ हजार विनियोजन गरिएको छ भने पूँजीगत तर्फ १ अर्ब ९ करोड २० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आय तर्फ भने संघ सरकारको सशर्त चालु अनुदान रु. ५८ करोड ३१ लाख ७ हजार , संघ सरकारको सशर्त पूँजीगत अनुदान रु.५७ करोड ९९ लाख , संघ सरकारको वित्तिय समानीकरण अनुदान रु .१८ करोड ९ लाख , आन्तरिक श्रोतको आयबाट रु .१८ करोड , संघ सरकारको राजश्व बाँडफाँडबाट रु.१६ करोड ३६ लाख ,नगर विकास कोषबाट ऋण रु. १५ करोड ,राजश्व बाँडफाँड अन्र्तगत मालपोत रजिष्टेसनबाट रु. ५ करोड ८० लाख ,अल्या सञ्चित कोषबाट रु.५ करोड २ लाख ९० हजार ,प्रदेश वित्तिय समानीकरण अनुदान रु.२ करोड ५९लाख ८ हजार रहेको छ ।

त्यस्तै प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु.२ करोड ५१ लाख ७१ हजार ,संघ सरकारको सडक बोर्ड नेपालबाट रु.१ करोड , संघ सरकारको नवप्रवर्तनीय कार्यक्रमबाट रु.१ करोड, प्रदेशको नवप्रर्वतनीय कार्यक्रमबाट रु.६५ लाख ,संघ सको समपुरका अनुदान रु.६० लाख , प्रदेशको समपुरक अनुदान रु.६० लाख ,जिल्ला समन्वय समिति कोष सहयोग अनुदान रु.५० लाख ,जनसहभागिता नगदबाट रु. ५० लाख र प्रदेशको विशेष अनुदान रु.४० लाख रहेको छ ।

यसअघि नगर प्रमुख बैकुण्ठ न्यौपानले आर्थिक बर्ष २०८१÷०८२को नीति तथा कार्यक्रम पेश गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page