म्याग्दे गाउँपालिकाकाे अनुमानित बजेट ६७ करोड ४९ लाख

म्याग्दे गाउँपालिकाकाे अनुमानित बजेट ६७ करोड ४९ लाख

तनहुँकाे म्याग्दे गाउँपालिकाको १६ औं गाउँ सभा सोमबार देखि सुरु भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ६७ करोड ४९ लाख २९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभाको दोस्रो बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको उल्लेख गरे।

विनियोजित बजेटमध्ये चालुतर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगततर्फ रु २२ करोड ६५ लाख अनुमान गरिएको घिमिरेले बताए । त्यसमध्ये चालुतर्फ रु ६६ दशमलब ४५ र पुँजीगततर्फ ३१ दशमलब ३१.५५ प्रतिशत विनियोजन गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page